इसेवाकी ब्राण्ड फेस स्वस्तिमा खड्का डिजिटल रेमिट्यान्स् प्रवद्धन गर्न युएई जाने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छन् । इसेवा मनि ट्रान्सफरको “मेरो डिजिटल देश “ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रवद्र्धन गर्ने उदेश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् ।
खड्का शनिवार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजे देखि ६ः३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहने छिन् । यस्तै खड्काले दुबई स्थित अल घुराइर मलमा १९ फेबु्रअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागीता जनाउने छिन् । सो कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनी २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहने छिन् ।
अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनि हो । अहिले इसेवा मनि ट्रान्सफरले “ मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ । “मेरो डिजिटल देश ” योजनाले विश्वभर बाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । “मेरो डिजिटल देश ” योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ ।
अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएकी छिन् । उनँले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताइन् । साथै उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।







डिसी नेपाल







Facebook Comment