काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन (फोटोफिचर)

डिसी नेपाल
२ फागुन २०७९ १६:३५
24
Shares

काठमाडौं। एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन काडमाडौं मंगलबारबाट सुरू भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका हुन्।

महाअधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन्।

यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन्। मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन्।

महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा रसमिक बडालले दाबी गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.