रामकृष्ण र अन्जुको ‘जिम्बु झानेर’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२ फागुन २०७९ २२:४४
188
Shares

काठमाडौं। गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ।

भ्यालेन्टाईन वीक चलिरहेको सन्दर्भमा प्रेमीहरुलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो। सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको भिडियो गायक ढकालको अफिसियल यूट्युब च्यानलमार्फत प्रिमियर भएको छ।

गीतमा निरज सिग्देलको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामांगको अभिनय रहेको छ। सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन्।

पहिलो पटक अभिनय गरेकी तामांगले समय र सन्दर्भ मिलेको खण्डमा आफुले अभिनयको क्षेत्रमा निरन्तरता दिने बताईन्। हाल उनि अष्ट्रेलियामा परिवारको साथ बस्दै आएकी छन्।

छुट्टी मनाउन नेपाल आएको समयमा आफुले अभिनय गर्ने मौका पाएको र निरन्तरताको लागि कोशिस गर्ने जनाईन्। निर्देशक शाक्यले बीस बर्ष अगाडि अभिनयबाट आफ्नो यात्रा शुरु भएकोमा अहिले आएर निर्देशन गरिरहेको बताईन् । ‘जिम्बु झानेर’ उनको तेश्रो म्यूजिक भिडियो हो। उनि केहि समय बेलायत बसेर नेपाल आएकी हुन्।

गायक ढकालले नव मोडल तामांगको प्रशंसा गरे। उनले चर्चित अभिनेता आकाश श्रेष्ठलाई नै टक्कर दिएर अभिनय तथा नृत्य गरेको बताए। ढकालले आफु अझै पूर्ण गायक नबनिसकेको बताउँदै आफुले गायनमा निरन्तरता मात्र दिएको बताए। सानै उमेरदेखि गायन यात्रा सुरू गरेका ढकालले लगभग पाँच हजार गीतमा स्वर दिएका छन्।

 

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.