मधेशमा अर्को छुट्टै मोर्चा बनाउन क्वात्रासँग छलफल
काठमाडौं। पूर्वनिर्धारित कार्यक्रममा परिवर्तन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको मौखिक निम्तोमात्र दिएर फर्किएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मधेशवादी दलका नेताहरु समक्ष भने मधेशमा एउटा छुट्टै मोर्चा बनाउनेबारे विचार विमर्श गरेका छन्।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सिके राउत) ले भारतीय विदेश सचिव क्वात्रासँग मंगलबार भएको छलफलका क्रममा यो प्रसंग उठाएका थिए। एक्लै भेटेका नेता राउतले मधेश केन्द्रीत केही दलका नेताहरुबीच एउटा छुट्टै मोर्चा बनाउनेबारे छलफल भइरहेको जानकारी गराएको स्रोतले बताएको छ।
संघीय संसदमा ६ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी, ४ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र ४ सिट नै रहेको जेलमा रहेका रेशमलाल चौधरी मुख्य नेता र उनकी पत्नी रन्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका बीच मोर्चा बन्ने कसरत भएको छ।
संघीय संसदमा ६ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी, ४ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र ४ सिट नै रहेको जेलमा रहेका रेशमलाल चौधरी मुख्य नेता र उनकी पत्नी रन्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका बीच मोर्चा बन्ने कसरत भएको छ।
जनमत पार्टीका एक केन्द्रीय नेताका अनुसार, राउतको मोर्चासम्बन्धी व्रिफिङलाई विदेशमन्त्री क्वात्राले सकारात्मक प्रयास भन्दै सफलताको कामनामात्र गरेनन् मधेशवादी दलहरुका बीच विभाजन आउँदा मधेशको शक्ति ज्यादै कमजोर भएकोतर्फ पनि ध्यानाकर्षण गरेका थिए।
त्यसो त भारतीय दूतावासकै पहलमा विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउनुभन्दा एकसाता पहिलेदेखि नै यी दलहरुबीच एउटा मोर्चा बनाउने भन्नेबारे छलफल शुरु भइसकेको थियो।
मधेशको मुख्य दल बनेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि समावेश गर्न सकिन्छ कि सकिन्न भन्ने तत्काल एकीन नभएको जनमत पार्टीका ती नेताले बताए।
यो मोर्चा बाध्यकारी बन्ने भन्दा पनि मधेशका साझा मुद्दाहरुका साझा धारणा बनाउन बढी उपयोगी हुने अधारमा निर्माण गर्न लागिएको हो।
यसका निर्णयहरु सहमतिका आधारमा हुने र सहमति नभए मोर्चामा संलग्न दलहरुले आआफ्नो तरिकाले निर्णय गर्न सक्ने खुकुलो प्रकारको नियम बनाएर मोर्चाको स्वरुप तयार गरिने बताइएको छ।







डिसी नेपाल








Facebook Comment