एमाले अखिल महाधिवेशनः सहमति नभए नयाँ नेतृत्वका लागि आज मनोनयन र मतदान

डिसी नेपाल
३ फागुन २०७९ ७:०३
76
Shares

काठमाडौं। नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजवाट मतदान प्रक्रिया सुरु हुने भएको छ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो।

त्यसका लागि निबर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन्। जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन्।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।

‘निः शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन को हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसकेका छन्।

महाधिवेसन २-४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ। महाधिवेशनमा सहभागी हुन देशभरीबाट १०८० प्रतिनिधि आएका छन्। निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो।

उनका अनुसार जारी महाधिवेसनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ। प्रत्येक आयोगमा ५-५ जना सदस्य हुनेछन्। उनका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.