आजको बिनिमय दरः महंगियाे अमेरिकी डलर

डिसी नेपाल
३ फागुन २०७९ ८:४०
228
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो।

उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो। मंगलबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९ पैसा कायम भएको थियो।

बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ। यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.