स्रोत नखुलेको सम्पतिलाई वैधता नदेउः राप्रपा अध्यक्ष थापा

डिसी नेपाल
३ फागुन २०७९ १०:१५
48
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशाेधन गर्न लागेको प्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति वैध बनाउनु भनेको भ्रष्टचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन्।

‘देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ, यसैबीच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.