रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलकाे निष्कर्ष

डिसी नेपाल
३ फागुन २०७९ १४:१९
2.4k
Shares

काठमाडौं। रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। तर प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो।

सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले जारी गरेकाे पत्रमा भनिएको छ, ‘तपाईंले यस कार्यालयमा मिति २०७९/१०/२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने व्यहोरा जानकारी गराइन्छ।’




प्रतिक्रिया

One thought on “रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलकाे निष्कर्ष

  1. युवराज सफल भन्ने ब्यक्ति कुनै पार्टीको झाेले मात्रै हाे,यो देशमा उसको कुनै पनि क्षेत्रमा याेगदान छैन ,यसले कसैबाट अकुत घुस खाएर,कसैको उक्साहटमा रबिलामिछाने बिरुद्ध विभिन्न दुख दिने ,विभिन्न तरिकाले दुस्मनि गर्ने जस्तो बैमान गरिरहेकाेछ।यो नितान्त गैरजिम्मेवार र गैरकानुनी हर्कत हाे,नेपालि जनता ले यश बिषयमा गम्भीर भएर नियाल्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.