ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्रमा भर्ने म्याद लम्बियो
काठमाडौँ। ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। अब लगानीकर्ताले फागुन १४ गतेसम्म आवेदन दिन पाउने छन्।
बैंकले माघ २९ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको थियो। बैंकले उक्त ऋणपत्रमा आवेदन दिने म्याद फागुन ३ गतेसम्म थियो। तर तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था अनुसार ऋणपत्र भर्ने म्याद लम्बिएको क्यापिटलले जनाएको छ।
बैंकले ५ वर्षे अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋण जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन्। जारी गर्ने ऋणपत्रमध्ये बैंकले ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।
यसैगरी बाँकी २० लाख इकाइमध्ये बैंकले सामूहिक लगानी कोषलाई १ लाख इकाइ ऋणपत्र छुट्याएको थियो। जसमा ७० हजार इकाइ लागिमात्रै आवेदन परेको थियो। त्यसैले बाँकी ३० हजार इकाइसहित १९ लाख ३० हजार इकाइ बैंकले सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।
यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यसमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment