सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिँदै
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि सरकारले मुम्बई लैजाने तयारी गरेको छ ।
सांसद भण्डारीको स्वास्थ्यअवस्था बुझ्न बिहान किर्तिपुर अस्पताल पुगेका स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई थप उपचारका लागि मुम्बइ लैजाने बताएका हुन् ।
भण्डारीको थप उपचार भारतको मुम्बईस्थित नेश्नल बर्न सेन्टर गरिने मन्त्री गिरीले जानकारी दिए ।
बुधबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।
चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको आज बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भइसकेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment