इङ्वा हाइड्रोपावरले पायो आइपिओ निष्काशनको अनुमति
काठमाडौँ। इङ्वा हाइड्रोपावरले आइपिओ निष्काशनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई १८ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन अनुमति दिएको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल१८ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। यो आईपीओ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ।
यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ। यो सार्वजनिक निष्कासन चुक्तापुँजीको ३०प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ० करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment