रचना र केदारको ‘गाजलु’ मा वर्षा र रोशनको रोमान्स (भिडियो)
काठमाडौं । गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको ‘गाजलु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
काठमाडौं आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको ुगाजलुुमा गायक केदारकै शब्द तथा संगीत छ । श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ ।
भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले’गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।
यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, ९तिमीलाई चाहेर मेल भर्सन०, आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
निर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद मर्हजनले गरेका हुन् । भिडियो केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको हो ।
भिडियोः







डिसी नेपाल








Facebook Comment