अत्याधिक हाई लाग्नु हुन सक्छ यी रोगको संकेत, बेवास्ता नगर्नुहोस्
काठमाडौँ। मानिसहरु प्रायः थकित वा निद्रा लाग्दा हाई गर्ने गर्छन्। हाई लाग्नु पूर्णतया सामान्य हो र हरेक व्यक्तिले दिनमा ५ देखि १९ पटक हाई हाई गर्छन्। तर, स्लीप फाउन्डेसनका अनुसार दिनमा १० पटकभन्दा बढी हाई गर्ने धेरै मानिस छन्। केही अध्ययनहरूका अनुसार, त्यहाँ धेरै व्यक्तिहरू छन् जसले दिनमा लगभग १०० पटक हाई गर्छन्।
यसको एक सामान्य कारण निश्चित समय भन्दा पहिले उठ्नु हो। कहिलेकाहीँ अत्याधिक हाईले कुनै गम्भीर रोगलाई पनि संकेत गर्छ। मेडिकल न्युज टुडेका अनुसार, अत्यधिक हाई वा बारम्बार हाई आउनु पनि केही औषधिको साइड इफेक्ट हुन सक्छ। जानौं यी सबैको बारेमा-
यी हुन अत्याधिक हाई लाग्नुको कारण
अत्याधिक हाई लग्नु कहिलेकाहीँ केहि गम्भीर रोग वा असामान्यताको संकेत हुन सक्छ। यस्तो अवस्थामा तपाई यसबारे सचेत हुनु जरुरी छ। यो निद्रा विकारको संकेत जस्तै ओब्सट्रक्टिव स्लिप एपनियाको संकेत हुन सक्छ जसले अत्यधिक निद्रा लाग्छ। विज्ञहरूले यो पनि बताउँछन् कि अत्यधिक हाई लाग्नु पनि मेटाबोलिज्मसँग सम्बन्धित रोगहरूको कारण हुन सक्छ।
निन्द्रा नपुग्नु- प्रायः धेरै मानिसहरूलाई दिनको समयमा धेरै निद्रा लाग्ने गर्दछ जसका कारण उनीहरूले अत्यधिक हाईको समस्याको सामना गर्नुपर्ने हुन्छ। यो सामान्यतया हुन्छ जब कुनै कारणले तपाइँको रातको समयमा निद्रा पूरा हुँदैन। राति निन्द्रा नपुग्दा भोलिपल्ट धेरै थकान महसुस हुन्छ र थप हाई हाई लाग्छ ।
मधुमेह- हाई लाग्नु हाईपोग्लिसिमियाको प्रारम्भिक लक्षण हो। रगतमा ग्लुकोजको मात्रा कम भएकाले हाई आउन थाल्छ ।
स्लीप एपनिया- स्लीप एपनियाका बिरामीले राति सुत्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। जसका कारण उसलाई राती पर्याप्त निन्द्रा पर्दैन, जसका कारण उसलाई भोलिपल्ट निकै थकान महसुस हुन्छ र उनलाई हाई आउने गर्दछ। यो रोगमा श्वासप्रश्वासमा समस्या हुन्छ। स्लीप एपनियामा, सुतेको बेला बारम्बार सास फेर्न रोकिने र चल्ने हुन्छ। खतरनाक कुरा यो हो कि यो समस्या भएको व्यक्तको निद्रामा नै सास रोकिन्छ र उसलाई थाहा पनि हुँदैन।
नार्कोलेप्सी- नार्कोलेप्सी एक प्रकारको निद्रा सम्बन्धित समस्या हो। जसमा मानिस अचानक जुनसुकै बेला र जहाँसुकै सुत्न सक्छ। यस रोगमा बिरामीलाई दिनमा धेरै पटक निन्द्रा लाग्छ जसका कारण उसलाई धेरै हाई लाग्छ ।
अनिद्रा– अनिद्रा पनि निद्रासँग सम्बन्धित रोग हो। यो रोगमा मानिसलाई राती निन्द्रा लाग्दैन वा एकपटक उठेपछि फेरि सुत्न निकै गाह्रो हुन्छ। राति निन्द्रा नपुग्दा मानिसलाई दिनमा अत्यधिक निन्द्रा लाग्न थाल्छ जसका कारण उनीहरुलाई धेरै हाई लाग्छ।
हृदय रोग – अत्याधिक हाईको सम्बन्ध भ्यागस नर्भको कारण हुन सक्छ। जुन दिमागबाट मुटु र पेटमा जान्छ। कतिपय अनुसन्धानका अनुसार अत्याधिक हाई लाग्नु मुटुको वरिपरि रगत बग्ने वा हृदयघात हुने सम्भावनालाई पनि संकेत गर्छ।







डिसी नेपाल








Facebook Comment