चलचित्र ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी
काठमाडौँ। चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कार्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ। नांगो गाउँमा कार्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए।
हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ।
यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार टुंगो लागिसकेको छ।
नांगो गाउँलाई पूना फिल्म इन्स्टिच्युट’का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन्। आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जानेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment