महन्थलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग प्रस्ताव, अन्य दलसँग पनि छलफल गर्ने

डिसी नेपाल
९ फागुन २०७९ १९:१०
992
Shares

काठमाडौं। भाबी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेताहरु बालुवाटरबाट निस्केका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भाबी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ वालुवाटार पुगेका हुन्।

आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुको दौडधुप चलिरहेको बेला सम्भावित राष्ट्रपतिमा ठाकुरलाई लिएर वालुवाटर पुगेका हुन्।

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं।’ उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरु बिच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिएका छन्।

प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता पुगेका थि ।

लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्र पछि नेपाली कांग्रेससँग पनि छलफल र वार्ता गर्ने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.