माधव नेपाललाई भेट्न पुगे चिनियाँ राजदूत
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनीयाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।
बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदुत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
‘कोटेश्वरस्थीत अध्यक्ष नेपालको नीजि निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।
उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए । दुवै नेता बिच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिए ।







डिसी नेपाल







Facebook Comment