रिलिजको ३ महिनाअघि नै ‘फास्ट एण्ड फ्युरियस’को बुकिङ खुला

डिसी नेपाल
१० फागुन २०७९ १८:३२
736
Shares

लसएन्जल्स । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ ।

फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन महिना अघि नै बुकिङ सुरु भइसकेको छ । कुनै पनि स्टुडियोका लागि यो पहिलोपटक हो ।

फिल्मको ट्रेलरप्रति दर्शकको क्रेज देखेका कारण युनिभर्सल पिक्चरले पनि आफ्नो फिल्ममा दर्शकको उत्साह बढाउन कुनै कसर बाँकी राखेको छैन । यहीकारण उनले रिलिजभन्दा ९० दिन अघि नै एडभान्स बुकिङका लागि फिल्मले अवसर दिएको छ ।

फिल्म १९ मे, २०२३ मा रिलिज हुँदै छ । इङ्लिस, हिन्दी, तमिल, तेलुगुमा रिलिज हुने यो फिल्ममा विन डीजल जेसन मोमोआ, मिशेल रोड्रिग्जÞ, टाइरिस गिब्सन, क्रिस्टोफर ब्रिजेस, नथाली इमैनुएल, जोर्डाना बूस्टर, जोन सीनालगायतको अभिनय रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.