ओली निस्किएलगत्तै बालुवाटारमा कांग्रेसलगायत दलका नेताहरू
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपाली कांग्रेसका नेताहरु पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साँढे २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन्। ओली बालुवाटारबाट निस्किएलगत्तै नेपाली कांग्रेसका नेताहरु पुगेका हुन्।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल लगायत सहभागी छन्। कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपाका अन्य नेता पनि सहभागी हुँदैछन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन।
शुक्रबार बिहान चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन्।
बिहान बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए। उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी छ।







डिसी नेपाल








Facebook Comment