सुवास नेम्वाङले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । उनले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।
आज शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
पूर्वसहमति अनुसार राष्ट्रपति एमालेलाई दिन सत्ता गठबन्धन असहमत भएर पुरानै गठबन्धन ब्युँतिएपछि एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दिएका हुन् ।







डिसी नेपाल








Facebook Comment