प्रदीप रानाभाटको ‘अनिदो रात’ मा वर्षा र रन्जितको रोमान्स (भिडियो)

डिसी नेपाल
१३ फागुन २०७९ १६:११
248
Shares

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको  म्युजिक भिडियो ‘अनिदो रात’ रिलिज भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीत रिलिज कार्यक्रममा अभिनेत्री शिवाकोटीले भिडियो छायांकनका बेला आफु निकै बिरामी परेकाले निर्माण टिमले निकै दुख पाएको बताइन् । लामो समयपछि म्युजिक भिडियोमा कमव्याक गरेका अष्ट्रेलिया निवासी अभिनेता वन्तले टिमवर्क राम्रो हुँदा आफुले एउटा उत्कृष्ट म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको दाबी गरे ।

प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वर गीतमा सुन्न सकिन्छ । गीत रिलिज कार्यक्रममा गायक रानाभाटले अष्ट्रेलियाबाट भिडियो सन्देश समेत पाएका थिए । शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । बुद्ध थापाको सिमाटोग्राफी रहेको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ ।

अभिनेता वन्तले अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टबाट नेपाली सिनेमा रिलिज पनि गर्दै आइरहेका छन् । उनले आजसम्म ुप्रसाद, सेल्फी किङ्ग, रोज, लभस्टेशन, प्रकाशु लगायतका सिनेमा प्रदर्शन गरिसकेका छन् । केहीदिन अघिमात्रै उनले बैशाख १ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा ुप्रसाद २ु अष्ट्रेलिया रिलिज राइट्स खरिद गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.