नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ काे तयारी पूरा

डिसी नेपाल
१४ फागुन २०७९ ९:५५
40
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुन लागेको छ।

यही फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने जनाइएको छ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले ह्याकाथुन कार्यक्रमको तयारी बारे जानकारी दिँदै अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको बताए। विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको उनको दाबी छ।

‘अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको अवस्था छ। विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको अवस्था छ। प्रश्नपत्रहरु दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदापनि छ महिना, एक वर्षमा नतिजा आउने समस्या छ। अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्। हाम्रा छिमेकी देशहरु चीन र भारत यसको तुलनमा धेरै अगाडि बढिसकेका छन् । हाम्रो पुस्तालाई अब पछाडि फर्कन छुट छैन । अब हामीले व्यवस्था परिवर्तन गर्नु पर्दैन हामीसँग भएको अवस्था परिवर्तन गर्ने हो,’ उनले भने।

नेपाल विद्यार्थी संघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष शेर्पाले बताए।

ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घन्टौं लामो लाइन र पटक- पटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याहरूको समाधान गर्ने हेतुले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा कार्यक्रम हुन लागेको उनले बताए ।

विशेषगरी सरकारी कार्यालयहरु जस्तै–मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौंसम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवासुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटोछरितो र चुस्त बनाउने भन्नेबारे चर्चा र प्रयोगहरु गरिनेछ ।

त्यस्तैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाईल बैंकिङ लगायतका क्षेत्रको सिस्टममा हुने क्रुटि र प्राविकि समस्यालाई समाधान गर्न विद्यार्थीहरुले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् ।

त्यस्तै, त्रिभुवन विश्व विद्यालयले लिएका परिक्षाको परिक्षाफल निकाल्न एक वर्ष भन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परिक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौंलगायत देशभरका शहरहरुमा बढ्दो प्रदुषण र फोहर व्यवस्थापनलाई प्राविधिक साहायतामा कसरी समाधान समाधान गरेर सफा र शुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ।

त्यस्तै सरकारी कार्यालयमा दस्तावेजको रुपमा राखिने कागजातहरु खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीहरुले राउन्ड टेवलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्ने नेविसंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.