कमल राईको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ
काठमाडौँ। गायक कमल राईको ‘के छ त्यस्तो’ बोलको गीतमा नायिका तथा मोडल करुणा श्रेष्ठ समाजसेवीको भूमिकामा देखापरेकी छिन्।
भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ। करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर कमलले गरेको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ। गायक कमलकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोको छायांकन र सम्पादक विनोद याक्ख्याले गरेका हुन्।
जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ हुन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन्। सार्वजनिक भिडियो काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको हो।
जसको निर्माण नक्षेत्र फाउडेसनले गरेको हो। सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरुको शक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ।







डिसी नेपाल







Facebook Comment