ओलीले भने, ‘प्रचण्डको बोली एउटा र काम अर्को हुदाँ अस्थिरता बढयो’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बचनमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पक्का नरहदाँ राजनीतिक अस्थिरता बढेको बताएका छन्।
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए।
‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने?’ ओलीले प्रचण्डको ब्यावहार प्रति कटाक्ष गर्दै भने।
माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिला देखी नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए।
‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने।
उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए।







डिसी नेपाल







Facebook Comment