चलचित्र ‘परस्त्री’को रिलिज डेट तय
काठमाडौँ। सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित सिनेमा ‘परस्त्री’को नयाँ रिलिज डेट तय गरिएको छ।
कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित सिनेमा २०८० को असार १५ मा रिलिज हुनेछ। यसअघि कार्तिक ६ र फागुन १९ को डेटबाट पछाडी हटेको सिनेमाले राष्ट्रिय धान दिवसलाई प्रदर्शन मिति तय गरेको हो।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमामा काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। निरज पाण्डेले सिनेमाको छायांकन गरेका हुन्।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले निर्माणमा सहकार्य गरेका छन्। खनाल सिनेमाका लेखकसमेत हुन्।
प्राविधिक कार्य सम्पन्न नभएकाले सिनेमाको रिलिज २०८० सालको लागि तय गरिएको निर्माण पक्षले जानकारी दिएको छ।







डिसी नेपाल







Facebook Comment