सुगर र कोलेस्ट्रोल हटाउन खानुहोस् ‘जंगली जलेबी’

डिसी नेपाल
१५ फागुन २०७९ १२:०५
296
Shares

काठमाडौं । तपाईंले जीवनमा धेरै पटक जलेबी खानुभएको होला । तर के तपाईंले जंगली जलेबी खानुभएको छ ? कति जनाले त नाम पनि सुन्नु भएको छैन होला । यो एक प्रकारको फल हो । नेपालको तराई भूभागहरुमा विशेष गरेर यो फल पाइन्छ।  जंगली जलेबीको रुख काँडादार हुने गर्दछ । हेर्दा यसको फल इमली र जलेबी जस्तै बाङ्गो हुने भएकाले यसलाई जङ्गल जलेबी भनिएको हो ।

यदि तपाईंले अहिलेसम्म यो फलको स्वाद चाख्नु भएको छैन भने, तपाईंले यसलाई अवश्य पनि खानुहोला । यो फल स्वादमा मिठो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने गर्दछ । जङ्गल जलेबी मुखमा हाल्ने बित्तिकै पग्लिन्छ र मीठो, नुनिलो स्वाद हुने गर्दछ। जङ्गल जलेबी खाँदा स्वास्थ्यमा हुने फाइदाहरु के के हुन् त हामी तपाईलाई बताउछौँ ।

यो फलमा भिटामिन सी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, थायामिन, रिबोफ्लेभिन जस्ता धेरै प्रकारका पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछः भिटामिन सीले भरपूर जङ्गल जलेबीले रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै सहयोगी हुन्छ । बलियो प्रतिरक्षाको कारण, तपाइँलाई कुनै मौसमी रोगहरुले छुने छैन । यसमा पाइने भिटामिन सी शरीरमा उत्कृष्ट एन्टिअक्सिडेन्टको रूपमा घुल्छ, जसका कारण तपाईं धेरै रोगसँग लड्न सक्नुहुन्छ।

मधुमेहमा लाभदायकः जङ्गल जलेबी मधुमेहका बिरामीका लागि निकै फाइदाजनक हुन्छ । चिनीको मात्रा नियन्त्रणमा यसको कुनै जवाफ छैन। यसमा पाइने धेरै प्रकारका एन्टिअक्सिडेन्टले शरीरलाई फाइदा गर्ने गर्दछ । जङ्गल जलेबीको फलबाट तयार पारेको जुस सेवन गर्नु पनि निकै फाइदाजनक हुने गर्दछ । यसको पातमा मधुमेह प्रतिरोधी गुण हुन्छ।

कोलेस्ट्रोल नियन्त्रणः जङ्गल जलेबीले शरीरमा खराब कोलेस्ट्रोल बढ्नबाट रोक्छ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यसले मुटु सम्बन्धी रोगहरु जस्तै हृदयघात, स्ट्रोक आदिबाट बच्न सक्नुहुन्छ । यसमा पोटासियम पनि प्रशस्त मात्रामा पाइन्छ। त्यसैले यो फल मुटुका बिरामीका लागि फाइदाजनक साबित हुन्छ ।

पेट रोगीको लागि लाभदायकः जङ्गल जलेबीले पेटको स्वास्थ्यलाई पनि स्वस्थ राख्छ । यसको सेवनले पाचन शक्ति बलियो हुन्छ । पेटसँग सम्बन्धित धेरै रोगहरूबाट बच्न सकिन्छ। यसका साथै यस फलमा आइरन पनि पर्याप्त हुन्छ, त्यसैले जसलाई आइरनको कमी छ, उनीहरुले यसको सेवन गर्नुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.