रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

डिसी नेपाल
१५ फागुन २०७९ १३:५१
584
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ। सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

रास्वपाले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा भने कुनै निर्णय गरेन। राष्ट्रपति निर्वाचनका विषयमा रास्वपा फर्क र हेरको नीतिमा रहेको एक नेताले जानकार दिए।

सरकारकोम प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै शनिबार नै सरकारबाट बाहिरिसकेकेको छ।

माघ २२ गते नै सरकारबाट बाहिरिएको रास्वपाले भने सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.