प्राइभेट पार्टमा एलर्जी भएको छ ? यी चिज प्रयोग गर्नुहोस्
काठमाडौं। प्राइभेट पार्टमा एलर्जीका लागि चिलाउने समस्याले पुरुष र महिला दुवैलाई सताउँने गर्दछ । जाडोमा कम नुहाउँदा यस्तो समस्या हुने गर्छ भने गर्मीमा अत्याधिक पसिना आउने र टाइट अन्डरवयर लगाउँदा पनि यो समस्या आउने गर्दछ । धेरै मानिसहरू यो समस्याले लज्जित महसुस गर्ने गर्दछन्। छालामा भएको एलर्जीले बारम्बार चिलाउने समस्या हुनुका साथै छालामा रातो दागहरू आउने गर्दछ। आउनुहोस् जानौं ती चीजहरू के हुन् जसको सहायताले प्राइभेट पार्टको एलर्जीले चिलाउने समस्या हटाउन सकिन्छ।
टी ट्री आयल– टी ट्री आयलमा एन्टी–ब्याक्टेरियल, एन्टी फंगल र एन्टिभाइरल गुणहरू हुन्छन्, जसले पोल्ने र चिलाउने कम गर्ने गर्दछ । यो तेलको केही थोपा प्राइभेट पार्टमा लगाउनुहोस् र केही बेरपछि सफा पानीले धुनुहोस्।
नीमको पात – नीमको औषधीय गुणबारे सबैलाई थाहा छ। यसमा पाइने एन्टिफङ्गल गुणले संक्रमण र चिलाउनेलाई कडा रूपमा आक्रमण गर्छ। एक बाल्टिन पानीमा केही नीमको पात मिसाएर एक घण्टासम्म छोडेर त्यसले नुहाउनुहोस्। यदि तपाईं चाहनुहुन्छ भने, नीमको पातलाई पानीमा उमालेर पानी चिसो भएपछि गुप्ताङ्ग धुनुहोस्।
रोजमेरीको पात– रोजमेरीको पातमा अद्भुत सुगन्ध पाइन्छ। यसमा भिटामिन ए, भिटामिन बी र भिटामिन सी जस्ता पोषक तत्वहरू पाइन्छ। तपाईंले पहिले यी पातहरूलाई पानीमा उमाल्नुहोस् र चिसो भएपछि आफ्नो प्राइभेट पार्ट धुनुहोस्। यसले एलर्जीका कारण हुने चिलाउने समस्या हटाउनका लागि धेरै प्रभावकारी हुन्छ।
एप्पल साइडर भिनेगर– एप्पल साइडर भिनेगरमा एन्टी फंगल गुणहरू पाइन्छ। यदि तपाइँ एक गिलास पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाउनुहोस् र यसको मद्दतले आफ्नो गोप्य भागलाई दैनिक सफा गर्नुहोस् ।एलर्जीको समस्या र यसले बनाएको दाग पनि हट्छ।
नरिवलको तेल– नरिवलको तेल प्राइभेट पार्टमा हुने एलर्जीका लागि राम्रो औषधि हो । यो प्राकृतिक तेल मनतातो तताउनुहोस् र एलर्जी आएको ठाउँमा लगाउनुहोस् र हल्का मसाज गर्नुहोस्। यसले कही दिनमा नै तपाईको समस्याको समधान पाउन सक्नुहुनेछ ।







डिसी नेपाल








Facebook Comment