रक्सी भनेर सेनिटाइजर खाने डाँगी उपचारका लागि नेपालगञ्जमा
सुर्खेत। रक्सी भन्दै सेनिटाइजर सेवन गर्दा एकजना बिरामी परेका छन्। सल्यान बागचौर नगरपालिकामा इमान डाँगीले रक्सी भनेर सेनिटाइजर सेवन गर्दा बिरामी भएका हुन्।
बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन्।
बिरामी भएका डाँगीलाई उपचारका लागि स्थानिय सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो। थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको र त्यहाँ पनि सम्भबः नभए पछि नेपालगञ्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment