भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा

डिसी नेपाल
१६ फागुन २०७९ १३:४०
36
Shares

भैरहवा। रुपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ। सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे। सो अवसरमा बोल्दै मन्त्री पन्थीले वर्षौंको इतिहास बोकेको सिद्धार्थनगरको गौरवको रुपमा भीम अस्पताल रहेको बताउँदै कोरोनाकालमा यस अस्पतालले प्रदेश सरकारलाई गुन लगाएको बताए।

सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउँदै उनले प्रदेश सरकारले अस्पतालका लागि चाहिने आवश्यक न्यूनतम जनशक्ति उपलब्ध गराउनमा कमि नगर्ने र प्रदेश सरकारले यो अस्पताललाई प्रथामिकता दिँदै उल्लेखीय बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताए।

हालै मात्रै करिब ४० लाखको लगानीमा लायन्स भिडियो एक्सरे र इसीजी सेवा सुरु गरेको अस्पतालले बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालका अध्यक्ष नरायण भण्डारीले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.