केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई
काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।
दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो।
खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो।
पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे। सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे।
तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ।
उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ। बिजेता टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए।







डिसी नेपाल







Facebook Comment