उपरथी शाहीलाई सैनिक अदालतले सेवाबाट हटायो

डिसी नेपाल
१८ फागुन २०७९ १९:२२
128
Shares

काठमाडौं । दुईमहिनादेखि थुनामा रहेका नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट हटाएको छ।

आर्थिक अनुशासनमा नबसेको आरोपमा सैनिक हिरासतमा रहेका शाहीलाई उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गरेको हो।

यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.