३१ दिनमा चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप

डिसी नेपाल
१९ फागुन २०७९ ११:५९
152
Shares

काठमाडौँ। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको सिनेमा ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ।

क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए। लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको सिनेमाको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ।

प्रस्तुतकर्ता नारायण खाती हुन्। खातीकै कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय छ। निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन्। अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.