हृदयघात भएपछि सुष्मिता सेनलाई अहिले कस्तो छ ?
काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेनले बिहीबार आफूलाई केही दिनअघि हृदयघात भएको बताएकी छन् । इन्स्टाग्राममा एक पोस्टमा उनले भनिन्, “हृदयको शल्यक्रिया गर्दा एन्जियोप्लास्टी गरिएको थियो र स्टेन्ट लगाइएको थियो। अहिले उनी स्वस्थ छन्।”
उनले लेखेकी छिन्, “आफ्नो हृदयलाई खुशी र साहसी राख्नुहोस्, यो तपाइँको साथमा उभिने छ जब तपाइँलाई यसको सबैभन्दा बढी आवश्यकता पर्दछ।”
सेनले लेखेकी छिन्, कि यो उनका पिताका शब्द हुन् । पूर्व मिस युनिभर्स सुस्मिता सेनले आफ्ना फ्यान र नजिकका मानिसहरुलाई धन्यवाद दिएकी छिन् ।
उनी हालै डिज्नी हट स्टारको सिरिज ‘आर्य’ को तेस्रो सिजनको सुटिङ गरिरहेकी छिन् । सन् २०१४ मा उनलाई अटोइम्यून रोग ‘एडिसन’ पत्ता लागेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment