आफूलाई प्रतिबन्ध लगाइएको विषयमा अभिनेता अर्शद वारसीले के भने ?

डिसी नेपाल
२० फागुन २०७९ १०:३९
620
Shares

काठमाडौं । भारतीय धितोपत्र तथा विनिमय बोर्ड अर्थात सेबीले लगाएको प्रतिबन्धपछि अभिनेता अर्शद वारसीको प्रतिक्रिया आएको छ ।

अर्शद वारसीले ट्वीट गर्दै भनेका छन्, ‘समाचारमा पढेका सबै कुरामा विश्वास नगर्नुहोस्। श्रीमती मारिया र मसँग शेयर बजारको शून्य बुझाइ छ। हामीले सल्लाह लिएर शारदामा लगानी गर्यौं । अरू धेरैजस्तै हामीले पनि हाम्रो मेहनतको पैसा गुमायौं।’

बुधबार फिल्म अभिनेता अर्शद वारसी र उनकी श्रीमतीलाई भारतीय धितोपत्र तथा विनिमय बोर्ड अर्थात सेबीले प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सेयर पम्प र डम्प प्रकरणसँग सम्बन्धित छ।

‘सेयर पम्प एण्ड डम्प’ भन्नाले शेयरको मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत सूचना दिनु हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सेबीले ३१ कम्पनी र फर्मलाई प्रतिबन्ध लगाएको छ । जसमा अर्शद वारसी, उनकी पत्नी मारिया गोरेटी र साधना ब्रोडकास्टसँग सम्बद्ध प्रवर्तकहरू पर्छन्।

लगानीकर्ताले सेयर किन्न सकून् भनेर यी व्यक्तिहरूले गलत सूचनासहितको भिडियो युट्युबमा अपलोड गरेको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.