निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा पौडेल र नेम्वाङ
काठमाडौं। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ अन्तिम कसरतमा जुटेका छन्।
राजनीतिक दलका शीर्ष नेतालाई भेटेर मत माग्दै आएका दुवै उम्मेदवारले सबै सदस्यलाई पत्र पठाउँदै मत मागिरहेका छन्। राष्ट्रपति निर्वाचनमा प्रदेशसभा सदस्य, प्रनिधिधिसभा र राष्ट्रियसभा सदस्यले मतदान गर्न पाउँछन्।
कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका पौडेलले आज बागमती प्रदेशका सदस्यसँग छलफल गर्दैछन्। पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार पौडेलले बागमती प्रदेशका सदस्यसँग चुनाव केन्द्रित छलफल गर्न लागेका हुन्।
उता एमालेबाट राष्ट्रपति उम्मेदवार रहेका नेम्वाङ पनि भोट माग्न व्यस्त छन्। नेम्वाङसहित एमाले नेताहरु विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटेर माग माग्दै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाहेकका सबै जसो राजनीतिक दलका शीर्ष नेतालाई पत्र लेखेर मत मागिसकेका छन्।
नेपाली कांग्रेसका नेता पौडेललाई आठ दलको समर्थन रहेको छ भने एमाले उम्मेदवार नेम्वाङलाई हालसम्म एमालेको मात्रै समर्थन प्राप्त छ। उता राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।
याे पनि पढ्नुस्
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : नेता पौडेल
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ







डिसी नेपाल







Facebook Comment