शाहरुख खानको फिल्म ‘पठान’ले अर्को ठूलो रेकर्ड बनायो
काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ ले कमाईको हिसाबले अर्को नयाँ रेकर्ड बनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार फिल्म ‘पठान’ नम्बर १ हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज यता १०२८ करोडभन्दा बढी कमाइ गरिसकेको छ ।
यशराज फिल्म्सका अनुसार फिल्मले रिलिजको छैठौं शुक्रबार एक करोडभन्दा बढीको कमाई गरेको छ । अन्य भाषामा पनि शुक्रबार फिल्मको कलेक्सन २० लाखभन्दा बढी थियो ।
यशराज फिल्म्सले भनेको छ, ‘अहिलेसम्म फिल्म ‘पठान’को भारतमा कुल कमाई ६४१ करोडभन्दा बढी छ भने विदेशमा फिल्मले ३८६ करोडभन्दा बढी कमाइसकेको छ ।
फिल्मका निर्देशक सिद्धार्थ आनन्दले एक विज्ञप्तिमा भनेका छन्, “फिल्म ‘पठान’ भारतको नम्बर एक हिन्दी फिल्म हो, यो अद्भुत छ। पठानले पाएको माया ऐतिहासिक छ र बक्स अफिसको नतिजा यसको लागि बोल्छ। मलाई गर्व छ कि निर्देशकको रूपमा मैले संसारभरका मानिसहरूलाई मनोरञ्जन दिने फिल्म बनाएको छु।”
फिल्म ‘पठान’ सबैभन्दा छिटो र धेरै कमाउने हिन्दी फिल्म हो । अर्कोतर्फ, आमिर खानको फिल्म दंगलको चिनियाँ सिनेमाको कलेक्सनलाई मिलाएर हेर्दा झण्डै दुई हजार करोड रुपैयाँ कमाइसकेको छ ।
शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो । चार वर्षपछि शाहरुख मुख्य भूमिकामा रहेको फिल्म रिलिज भएको थियो । शाहरुखको फिल्म डंकी र जवान पनि यसै वर्ष रिलिज हुँदैछन् ।







डिसी नेपाल








Facebook Comment