आइसीसी लिग-२ः पपुवा न्युगिनीद्वारा युएई पराजित

डिसी नेपाल
२१ फागुन २०७९ १७:१८
500
Shares

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ।

श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो। पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो।

टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राजेको थियो। निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो। पपुवा न्युगिनीले ९८ रनको विजय लक्ष्य २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए। बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए।

यसअघि ब्याटिङ गर्ने क्रममा युएईका वृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए। बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए।

योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ। युएई लिगको पाँचौँ स्थानमा कायमै छ। नेपाल लिगको छैटौँ स्थानमा छ। नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ।

पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ। पपुवा न्युगिनी लिगको पुछारमा छ। शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *