फागु पुर्णिमाले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस्: सभामुख

डिसी नेपाल
२२ फागुन २०७९ ७:४३
12
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले फागुन पुर्णिमाले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास ब्यक्त गरेका छन्।

फागु पुर्णिमाका अवसरमा शुभकानाम ब्यक्त गर्र्दै सभामुख घिमिरे सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस भनी शुभकामनासमेत ब्यक्त गरेका छन्।

सभामुखको शुभकामना

फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

यस फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वको रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।

साँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको छ । हिमाल, पहाड र तराईमा फरक फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघूलन गर्न समेत मद्धत गरेको छ । जुनसुकै क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको छ ।

विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो । परम्परागत चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो । तर, चाडवाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नैपर्दछ ।

अन्त्यमा, होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२२ फागुन, २०७९

देवराज घिमिरे
सभामुख




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.