रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे

डिसी नेपाल
२२ फागुन २०७९ ७:४५
140
Shares

काठमाडाैं। स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो। त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो।

रियलको २४ खेलबाट ५३ अंक छ । रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *