अखिल अध्यक्षको प्रचण्डलाई प्रश्नः ‘सरकारमा बसेर कसको विरुद्ध आन्दोलन ?’

डिसी नेपाल
२२ फागुन २०७९ ११:१४
84
Shares

काठमाडौँ। नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धमा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताए पछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन्।

‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध  ? आफैं बिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?’  बडालले प्रश्न गरेका छन्, ‘तपाइं सरकार चलाउनुस,  राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.