नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमतीसँगको विवादमा मौनता तोडे, भने- म चुप छु किनभने…
काठमाडौं । चलचित्र अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमतीसँगको विवादमा मौनता तोडेका छन् । नवाजुद्दीनले ट्विट गर्दै भने, “मेरो मौनताका कारण मलाई जताततै नराम्रो व्यक्ति भनिएको छ। म चुप छु किनभने मेरा साना बच्चाहरूले यो पूरै प्रहसनको बारेमा कतै पढ्नेछन्।”
उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल, मञ्च, प्रेस र केही व्यक्तिले एकतर्फी र विकृत भिडियोका आधारमा मेरो चरित्र हत्याको मजा लिइरहेका छन् ।’
यस विवादमा नवाजुद्दीन सिद्दिकीले आफ्नो पक्ष राखेका छन् । उनले लेखेका छन्, “सबैभन्दा पहिले म यो बताउन चाहन्छु कि आलिया र म विगत धेरै वर्षदेखि अलग बस्दै आएका छौँ। हामीले एकअर्कासँग सम्बन्धविच्छेद गरेका छौँ तर सन्तानको लागि मात्रै हामीबीच समझदारी भएको छ।”
उनले लेखेका छन्, “के कसैलाई थाहा छ किन मेरा छोराछोरी भारतमा छन् र विगत ४५ दिनदेखि विद्यालय जाँदैनन्। जबकि विद्यालयले मलाई हरेक दिन विगत ४५ दिनदेखि विद्यालय नआएको चिठी पठाइरहेको छ।”
“मेरा छोराछोरीहरू विगत ४५ दिनदेखि बन्धकमा छन् र दुबईमा आफ्नो स्कुल जान पाएका छैनन्। जबकि आलियालाई विगत दुई वर्षदेखि हरेक महिना १० लाख रुपैयाँ दिइँदै छ।”
आलियाले नवाजुद्दीनले आफू र छोराछोरीलाई छोडेको आरोप लगाएकी थिइन् ।
हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा आलियाले नवाजुद्दीनले आफूलाई घरभित्र पस्न नदिने गरेको देखाइएको छ । जसमा उनकी छोरी पनि रोएको देखाइएको छ ।







डिसी नेपाल








Facebook Comment