राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मत रामचन्द्र पौडेलले हाले

डिसी नेपाल
२५ फागुन २०७९ १०:१४
292
Shares

काठमाडौं। मुलकका लागि हुन गइरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ। बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखि मतदान सुरु भएको हो। जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन्।

‘बिहान १० बजे देखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन्।’

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन्। संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाइएको छ। सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.