सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने रास्वपाको निर्णय

डिसी नेपाल
२५ फागुन २०७९ १३:०७
1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । आज विहीवार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

बैठकले आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले डिसी नेपाललाई जानकारी दिए । उनले राष्ट्रपति निर्वाचनको मतदान स्थल नयाँ बानेश्वरमा रास्वपाका सबै १९ जना सांसद मतदान गर्न जान लागेको बताए ।

राष्ट्रपतिको निर्वाचनबारे अनिर्णीत रास्वपाले मतदान जारी रहेकै बेला आकस्मिक बैठक बसेर सत्ता गठबन्धनकै उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.