राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाइँदै

डिसी नेपाल
२६ फागुन २०७९ ७:२९
28
Shares

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ।

राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलिपल्ट अर्थात फागुन २६ गते मतपरिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.