निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब

डिसी नेपाल
२६ फागुन २०७९ १५:१४
696
Shares

मुम्बई। भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको दुवै मिर्गौला खराब भएको छ। दुई दिन अघि स्वास्थ्य परीक्षणका क्रममा उनको मिर्गौला खराब भएको खुलेको हो । उनको हाल घरमा उपचार भइरहेको छ र डायलिसिस पनि जारी छ।

बेनेगलले पनि आफ्नो स्वास्थ्य खराब भएको पुष्टि गरेका छन्। ‘म स्वस्थ छैन। डाक्टरले आराम गर्न सल्लाह दिएका छन्। मेरो मेडिकेसन चलिरहेको छ । अहिले घरमै डायलिसिस गरिरहेको छु,’ उनले भनेका छन्।

श्यामका कार्यालयका कर्मचारीले उनको स्वास्थ्य केही दिनअघिसम्म ठिक रहेको बताएका छन्। कर्मचारीका अनुसार दुई तीनदेखि अफिस नआएका श्याम नियमित रुपमा आफ्नो प्रोजेक्टको योजना बनाइरहेका थिए।

उनको बंगलादेश सरकारसँगको ‘मुजीबः द मेकिङ अफ ए नेसन’ फिल्म तयारी अवस्थामा छ। यो फिल्म बंगलादेशको पहिलो राष्ट्रपति मुजीबुर्रहमानको जिन्दगीमा आधारित छ । यद्यपि विवादका कारण फिल्मको रिलिज सरिरहेको छ।

श्यामले ‘जुबैदा’, ‘द मेकिङ अफ द महात्मा’, ‘नेताजी सुभाषचन्द्र बोसः द फरगोटन हीरो’, ‘मण्डी’, ‘आरोहन’, ‘वेलकम टु सज्जनपुर’ जस्ता फिल्म बनाएका छन्। उनका फिल्मले ८ वटा राष्ट्रिय अवार्ड जितिसकेको छ। उनले दादा साहब फाल्के सम्मान पनि पाएका छन्।

श्यामले हालसम्म २४ फिल्म, २५ डकुमेन्ट्री र १५ एड फिल्म बनाएका छन्। फिल्म जगतमा योगदान दिएको भन्दै उनले सन् १९७६ मा पद्मश्री सम्मानसमेत पाएका थिए।

उनले भारतीय फिल्ममा नसीरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, शबाना आजमी, स्मिता पाटिल र छायांकार गोविन्द निलहानीलाई भित्र्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.