उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय भनिएको छ, आयोगको निर्णय संविधान विपरित: पूर्णबहादुर खड्का

डिसी नेपाल
२६ फागुन २०७९ १६:५२
288
Shares

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न नमिल्ने बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको सत्तागठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेको अवस्थामा अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय संविधान विपरित रहेको बताए।

अहिले पुरुष व्यक्ति राष्ट्रपति चयन भएकाले लिङ्ग र समूदायको हिसाबले फरक व्यक्ति उपराष्ट्रपति हुनुपर्ने प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मुलुकको संविधानले गरेको व्यवस्था अनुकुलको रहेको उनको भनाइ छ।

उनले आयोगले जारी गरेको विज्ञप्तीमा पनि फरक लिङ्ग वा समूदाय रहेकाले पनि विज्ञप्ती र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति मेल नखाने जिकिर गरे। यस बिषयमा आयोगका पदाधिकारी र सत्ता गठबन्धनबीच पनि छलफल हुने उनले बताए।

त्यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले आयोगको वक्तव्यमा फरक लिङ्ग वा समूदाय हुनुपर्ने उल्लेख रहेकाले संविधान र कानून बमोजिम नै देखिएपनि अब पुरुष र खसआर्य उपराष्ट्रपति बन्न नपाउने आयोगको निर्णय हो भने संविधानको खिलाप हुने जिकिर गरे।

उनले निर्वाचन परिचालन समितिको बैठकले निर्वाचन प्रक्रियामा सवैलाई धन्यवाद दिने निर्णय गरेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.