सतीश कौशिकको मृत्यु प्रकरणमा नयाँ मोड

डिसी नेपाल
२७ फागुन २०७९ १४:४४
23.5k
Shares

काठमाडौं । चर्चित अभिनेता सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । मार्च ९ मा उनले संसारलाई सदाको लागि बिदा गरे । सतीश कौशिकको निधनले उनको परिवार र नजिकका व्यक्तिहरूलाई जीवनभरको शून्यता दिएको छ। प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण कार्डियक अरेस्ट भएको बताइएको छ । तर अब सतीश कौशिकको मृत्युको मामिलामा नयाँ ट्विस्ट आएको छ ।

स्रोतका अनुसार दिल्ली पुलिसको अपराध टोलीले दक्षिण पश्चिम दिल्लीको फार्महाउसबाट केही औषधिहरू प्राप्त गरेको छ जहाँ सतीश कौशिकले आफ्नो मृत्युको एक दिन अघि होली पार्टी गरेका थिए। डाइजेन र सुगर कीजस्ता नियमित औषधि पनि छन् । यसबाहेक केही औषधिहरू पनि छन् जसको अनुसन्धान भइरहेको छ।

श्रोतका अनुसार डाक्टरहरुले अहिलेसम्म शंकास्पद केही भनेका छैनन् । अभिनेताको शरीरमा कुनै चोटको निशान थिएन। रगत र मुटु परीक्षणका लागि राखिएको छ । प्रहरीले एक सातादेखि १५ दिनभित्र रगत र मुटुको रिपोर्ट पाउनेछ । कुनै निर्णयमा पुग्नु अघि प्रहरीले विस्तृत पोस्टमार्टम रिपोर्ट पर्खिरहेको छ। जसमा मृत्युको वास्तविक कारण थाहा हुनेछ । प्रहरीले गेस्ट लिस्टको पनि जानकारी लिएको छ ।

सतीश कौशिकले पार्टी गरेको फार्म गुटखा राजाको हो । गुटखा राजाको नाम विकास मालु हो । पार्टीमा विकास मालुलगायत धेरै ठूला निर्माता थिए । विकास मालुविरुद्ध उनकी श्रीमतीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् । जसको अनुसन्धान भइरहेको छ । मुद्दा दर्ता भएदेखि नै विकास मालु प्रायः दुबईमै बस्ने गरेका छन् । उनी होली पार्टीका लागि दिल्ली आएका थिए ।

सतीश कौशिक ७ मार्चमा मुम्बईमा जावेद अख्तरको घरमा होली पार्टीमा सहभागी भएका थिए । उनले यसको फोटो इन्स्टामा सेयर गरेका छन् । मुम्बईमा साथीहरूसँग होली खेलेपछि सतीश कौशिकले ८ मार्चमा दिल्लीमा होली खेले। उनले दिल्लीको बिजवासनस्थित आफ्नो फार्महाउसमा परिवारसँग होली मनाए।

दिनमा होली खेलेपछि मध्यरात १२.१० बजे उनलाई बेचैनी हुन थाल्यो । अभिनेताले आफ्नो प्रबन्धकलाई सास फेर्न गाह्रो भएको गुनासो गरेका थिए। त्यसपछि उनलाई तत्काल फोर्टिस अस्पताल लगियो । चिकित्सकहरुले सतिश कौशिकलाई बचाउन निकै प्रयास गरेका थिए । तर त्यतिन्जेल उनको मृत्यु भइसकेको थियो । सतीश कौशिकले आफ्नी श्रीमती र ११ वर्षकी छोरी छोडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.