नेविसंघको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी

डिसी नेपाल
२८ फागुन २०७९ १८:१३
308
Shares

काठमाडौं। नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ। स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले केन्द्रीय कार्यालय र कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्। अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्।

उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन्। उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.