ओस्कार नपाउनेलाई करोडौंको उपहार

डिसी नेपाल
३० फागुन २०७९ १५:३०
496
Shares

लसएन्जल्स। अधिकांश अवार्डमा विजेताले अवार्ड लगे पनि अन्य उपविजेता खाली हात घर फर्कन्छन्। तर यो मामलामा विश्व प्रतिष्ठित ओस्कार अवार्ड फरक छ। अवार्ड विजेताले गोल्डेन मूर्ति घर लगे पनि बाँकी उपविजेता खाली हात फर्कदैनन्। ओस्कारको राम्रो पक्ष यो हो।

ओस्कारमा हरेक वर्ष मनोनयनमा पर्ने व्यक्तिलाई विशेष उपहार दिने गरिन्छ। यो उपहार ब्यागको मूल्य करोडौंमा पर्छ। तर ब्यागभित्र के कुरा छ, जसकारण यति महंगो मूल्य पर्छ भन्ने चासो सबैमा छ।

यो वर्ष उपहार ब्यागको मूल्य १ लाख २६ हजार डलर रहेको छ। यो ब्यागका लागि ओस्कार आयोजक एक रुपैंयाँ पनि खर्च गर्दैनन् । जबकी यो ब्याग लसएन्जल्सको मार्केटिङ कम्पनी डिस्टिंक्टव असेटले वितरण गर्दछ।

ब्याममा करिब ६० बढी आइटम राखिएका छन्। जसमा कैयौं किसिमको ब्यूटी प्रोडक्ट र लाइफस्टाइल सम्बन्धी उपहार, लग्जरी भ्याकेसनको प्याकेज हुन्छन्।

साथै ४० हजार डलरको क्यानेडियन गेटअवेको किट पनि हुन्छ । मनोनयनमा परेका व्यक्तिहरुलाई लक्जरी भ्याकेसनको पासका माध्यमबाट अष्ट्रेलियाको क्वीन्सलेण्ड र इटालियन लाइट हाउसमा ८ व्यक्तिलाई बस्ने मौका पाउँछन्।

यदि कसैको घर रिनोभेट गर्नुछ भने त्यो मेसन कन्स्ट्रक्सनका माध्यमबाट २५ हजार डलरमा गराउन सक्छन्। यो उपहारमा कैयौं कायाकल्प प्रोसिजर पनि हुन्छन्, जुन प्याकेजको हिस्सा पनि हो। उपहारमा करिब ५० प्रतिशत वस्तु महिलाहरु र अल्पसंख्यक कम्पनीबाट आउँछन्। यो वर्ष उपहार हवाइयन सुटकेसमा बाँडिएको थियो।

उपहार ब्यागभित्र मिएजको स्किनकेयर प्रोडक्ट छन्। जसमा ब्लश सिल्क्सको एक सिल्क पिलोकेस, पेटाको एक ट्राभल पिलो र एरियएड्नी एथेन्स स्किन वेलनेस, अल बेटर कम्पनी, बोरेड रिबेल, डेली एनर्जी कार्ड्स, इफेक्टी–केल, काइण्ड रीजन कम्पनी, नोइङ्गलेब्सको उत्पादन पर्छन्।

यो उपहार पाउनेलाई त्यो उपहार अस्वीकार गर्ने अधिकार पनि छ। गत वर्ष अभिनेता डेजल वासिङटन र जेके सिमन्सले यो उपहार च्यारिटीलाई दिएका थिए । सन् २००६ मा जर्ज क्लुनीले उपहारलाई लिलामी गराएका थिए। यो उपहार मनोनयनमा परेकालाई निःशुल्क दिइन्छ। तर यो उपहार पाउनेले आयकरका रुपमा सरकारलाई कर तिर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.