च्याम्पियन इंग्ल्याण्डविरुद्ध बंगलादेशकाे क्लीन स्वीप

डिसी नेपाल
३० फागुन २०७९ १८:३१
212
Shares

काठमाडौं । बंगलादेशले टी२० विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध क्लीन स्वीप गरेको छ । घरेलु मैदानमा भएको तीन खेलको टी२० सिरिजमा बंगलादेशले तीन ओटै खेल जित्दै इंग्ल्याण्डविरुद्ध ऐतिहासिक सिरिज जित हासिल गरेको छ । पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४ विकेटले विजयी भएको बंगलादेशले अन्तिम खेलमा १६ रनले च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको छ ।

मिरपुरमा भएको खेलमा बंगलादेशले दिएको १५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । इंग्ल्यनण्डका डेविड मलानले अर्धसतक प्रहार गर्दै ५३ रन तथा जोस बटलरले ४० रन बनाए भने अन्य ब्याटरले रन बनाउन सकेनन् । बंगलादेशका टस्कीन अहमदले २ विकेट तथा तनविर इस्लाम, शाकिब अल हशन र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० अ‍ोभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो । बंगलादेशका लिटन दासले सर्वाधिक ७३ रनको अर्धसतकीय पारी खेले । यस्तै नजमुद होसेन शान्तोले ४७ तथा रोनी तालुकदारले २४ रन बनाए । इंग्ल्याण्डका आदिल रशीद र क्रिस जोर्डनले एक एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.